
काठमाडौं ।
विभिन्न ग्याजेटहरू हामी दैनिकरुपमा प्रयोग गरिरहेका हुन्छौं । प्रायः तिनीहरूबाट हुने क्षतिको चर्चा हुन्छ, तर धेरै अवसरहरूमा तिनीहरू धेरै उपयोगी साबित हुन्छन्। यस्तै उदाहरण एप्पल वाचको लागि पनि देखिएको छ।
रिपोर्टका अनुसार एउटी महिला हिउँ भएको नदीमा फसेकी थिइन र उनले एप्पल वाचमा भएको एसओएस फिचर प्रयोग गरेपछि उनको उद्धार गरिएको थियो। जसमा एप्पल वाचको मद्दतले एक महिलाको जीवन बचाउन मद्दत गरेको बताईएको छ।
९टू५म्याकको रिपोर्टअनुसार यो घटना १५ जुनको हो। एउटी महिला अमेरिकाको ओरेगनको द डेल्स नजिक कोलम्बिया नदीको चिसो पानीमा पौडी खेल्न गइन् । पौडी खेल्ने क्रममा उनको खुट्टा नदीको ढुङ्गामा अड्कियो। उनी पानीबाट बाहिर निस्कन नसक्दा अवस्था महिलाका लागि निकै खतरनाक बन्न पुगेको थियो । खुट्टा ढुङ्गाबाट बाहिर निकाल्न नसक्दा उनी त्यही चिसो पानीमा फसेकी थिइन्।
उनले एप्पल वाच लगाएकी थिईन् र महिलाले तुरुन्तै एप्पल वाचमा भएको एसओएस फंगसन प्रयोग गरिन्। यो एक प्रकारको आपतकालीन चेतावनी हो, जसले सीधै उद्धार टोलीलाई सूचित गर्दछ। डेल्स प्रहरीले कल पाएसँगै एक्सनमा आउँदै महिलाको उद्धार कार्य सुरु गरेको थियो। उद्दारको समयमा महिलाको अवस्था नाजुक रहेको बताइएको छ। लामो समयसम्म पानीमा फसेपछि उनको होश हराउन थालेको थियो। घटनाका बेला पानी परेकाले नदीको पानीको तापक्रम पनि १३ डिग्रीमा झरेको थियो।
तर, समयमै प्रहरी पुगेपछि महिलाको ज्यान बचाउन सकियो।
“पौडीने उद्दारकर्ताले उनलाई ३० मिनेटभन्दा बढी समयसम्म नदीमा फसेको र उनले आफ्नो एप्पल घडीबाट आपतकालीन कल गरेको भनी बताएको,” प्रहरी रिपोर्टमा भनिएको ९टू५म्याकले जनाएको छ।
एप्पल वाचमा एक एसओएस सुविधा समावेश छ जसले प्रयोगकर्ताहरूलाई केही सेकेन्डको लागि साइड बटन होल्ड गरेर आपतकालीन सेवाहरूका लागि कल गर्न अनुमति दिन्छ। एसओएस र फोन कलहरू गर्नको लागि एप्पल वाचको आवश्यकता छ जसले सेलुलर सपोर्ट गर्दछ र आईफोन बिना नै काम गर्न सक्रिय प्लान भएको हुनुपर्दछ। यसले ई-सिम सपोर्ट गर्ने घडीमा राम्रो काम गर्दछ। सिम सपोर्ट बिनाको घडीमा यो सेवा प्रयोग गर्न स्मार्टफोन नजिकै राख्नुपर्छ।
एप्पल वाच वा अन्य ग्याजेटले ज्यान जोगाएको यस्ता घटनाहरु यसअघि पनि सार्वजनिक भएका छन् । एसओएस सुविधा स्मार्टवाचहरूमा धेरै प्रभावकारी भएको छ।
प्रकाशित: ११ असार २०७९, शनिबार