बाइनान्सद्वारा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग एनएफटी सम्झौता

  • Technology Khabar | ११ असार २०७९, शनिबार
बाइनान्सद्वारा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग एनएफटी सम्झौता

काठमाडौं ।

ग्लोबल क्रिप्टो एक्सचेन्ज बाइनान्सले फुटबल सुपरस्टार क्रिस्टानो रोनाल्डोसँग एक विशेष साझेदारीमा हस्ताक्षर गरेको छ। जसअन्तर्गत प्लेटफर्मले नन-फन्जिबल टोकन (एनएफटी) सङ्कलन लन्च गर्नेछ।

फर्मले फुटबल स्टारसँगको सहकार्यमा एनएफटीको शृङ्खला लन्च गर्ने घोषणा गरेको छ जुन बाइनान्स प्लेटफर्ममा विशेष रूपमा बेचिनेछ। यस वर्षको अन्त्यसम्ममा प्रारम्भिक सङ्कलन उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस कदमको उद्देश्य रोनाल्डोका फ्यानहरूलाई वेब ३ मा परिचय गराउनु हो, ताकि तिनीहरू सजिलैसँग एनएफटीको संसारमा प्रवेश गर्न सकून्।

बाइनान्सका संस्थापक तथा सीईओ चाङपेङ झाओले खेलमा रोनाल्डोको उपलब्धिको प्रशंसा गर्दै रोनाल्डोले खेलमा त्यो स्तरलाई उछिनेको बताए। जसका कारण उनी अहिले धेरै उद्योगका लागि आइकन बनेका छन्। उनले रोनाल्डोको प्रामाणिकता, प्रतिभा र परोपकारी कार्यका लागि उनीसँग समर्पित प्रशंसक आधार रहेको बताए।

झाओले रोनाल्डोका फ्यानहरूलाई उनीसँग जोडिने विशेष अवसर दिन बाइनान्स टोली निकै उत्साहित रहेको बताए। रोनाल्डोले पनि यो साझेदारीको बारेमा टिप्पणी गरेका छन्। उनले भने, “मेरोलागी फ्यानहरूसँगको सम्बन्ध धेरै महत्त्वपूर्ण छ। त्यसैले एनएफटीमार्फत फ्यानहरूलाई मेरो नजिक ल्याउनु राम्रो विचार हो। मलाई थाहा छ फ्यानहरूले एनएफटी सङ्कलनलाई मैले जत्तिकै आनन्द लिनेछन्।”

यो सम्झौतापछि रोनाल्डोले आफूलाई एनएफटीमा सामेल भइसकेका खेलाडीको सूचीमा थपेका छन् । यसमा धेरै प्रसिद्ध खेलाडी र खेल संस्थाहरू समावेश छन्।

रोनाल्डोको नाम क्रिप्टोकरेन्सीसँग जोडिएको यो पहिलो पटक भने होइन । यसअघि मार्च महिनामा रोनाल्डोलाई खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कारस्वरुप क्रिप्टो टोकन दिइएको थियो। उनलाई जेयूभी टोकनहरू प्रदान गरियो जुन यूभेन्टस एफसीको आधिकारिक प्रशंसक टोकन हो। उनलाई हरेक सिनियर करियर गोलको लागि टोकन दिइएको थियो।

यसका साथै इङ्लिस प्रिमियर लिग (ईपीएल) ले पनि फ्यानसँगको अन्तरक्रिया बढाउन दुईओटा ट्रेडमार्क आवेदन दिएको छ। रोनाल्डो अहिले इङ्लिस प्रिमियर लिग खेलिरहेका छन् ।

प्रकाशित: ११ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार