क्रिप्टोमा लगानी गर्नेहरू एक दिन रुने अर्बपति सेथ क्लारमनको भनाई

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
क्रिप्टोमा लगानी गर्नेहरू एक दिन रुने अर्बपति सेथ क्लारमनको भनाई

काठमाडौं ।

इलन मस्क जस्ता अर्बपतिहरूले क्रिप्टोकरेन्सीहरूलाई समर्थन गर्दैगर्दा, त्यहाँ अन्य अरबपतिहरू छन् जो यस क्रिप्टो क्षेत्रबाट कोसौं टाढा हिंड्छन्। हेज फन्ड प्रबन्धक सेथ क्लारमन एक यस्तो व्यक्तित्व हुन् जो अर्बपति भए पनि क्रिप्टो जस्ता डिजिटल सम्पत्तिहरूमा विश्वास गर्दैनन्।

सेथ क्लारमनले क्रिप्टोकरेन्सीको बारेमा बोल्दै क्रिप्टोमा लगानी गर्ने मानिसहरू एक दिन ठूलो घाटामा हुने र अन्तमा उनीहरूले आफ्नो निर्णयको लागि रुनुपर्ने बताएका छन्।

बोस्टनमाआधारित बाउपोस्ट समूहका प्रमुख सेथ क्लारमनले भनेका छन् कि क्रिप्टो लगानीकर्ताहरू एक दिन रुनेछन्। सेथले बिटक्वाइन वा क्रिप्टोकरेन्सीभन्दा सुनलाई राम्रो लगानीको विकल्प ठानेको बिजनेस इनसाइडरको एक रिपोर्टले बताएको छ। वर्मनमा सेथको कुल सम्पत्ति १.२ बिलियन डलर छ। उनकाअनुसार क्रिप्टो आफैँमा बेकार छ र क्रिप्टोको आवश्यक छैन।

“अमेरिकाले धेरै समयदेखि डलरलाई विश्वको रिजर्भ मुद्राको रूपमा ठूलो फाइदा उठाएको छ। यो कुनै पनि समय चाँडै परिवर्तन हुने सम्भावना छैन। मानिसहरूले चिनियाँ मुद्रा स्वीकार गर्ने कल्पना गर्न गाह्रो छ, मानिसहरूले क्रिप्टोकरेन्सी स्वीकार गर्ने कल्पना गर्न गाह्रो छ। त्यहाँ पनि धेरै (क्रिप्टोकरेन्सी) छन् र धेरै अनिश्चितताहरू,” उनले हावर्ड बिजनेस स्कूलको अन्तरवार्तामा भने।

यी अमेरिकी व्यापारीले बिटक्वाइन माइनिङमा कति शक्ति खर्च भइरहेको छ भन्ने प्रश्न गर्दै सो कुरा गलत भएको र त्यसको निन्दा गरेका छन्। गणितीय समस्या समाधान गर्न यति धेरै ऊर्जा खर्च गर्नु पागलपन हो भन्ने उनको विश्वास छ। यसका साथै उनले एल्टक्वाइनको आवश्यकतामाथि पनि प्रश्न उठाएका छन् । त्यहाँ धेरै फरक क्रिप्टोकरेन्सीहरू भएको र ती सबै एकदिन काम नलाग्ने हुने उनको भनाई छ।

उनको भनाईसँगै, सेथ माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स र बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटको समूहमा जोडिएका छन्। यसअघि बिल गेट्सले हाल चलनमा रहेका सबै सिक्का २५ डलरमा किन्न चाहेको बताएका थिए।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार