कामना सेवा विकास बैंकको मोबाइल एपमा अब ‘नेपाल पे क्युआर’ को सेवा

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
कामना सेवा विकास बैंकको मोबाइल एपमा अब ‘नेपाल पे क्युआर’ को सेवा

काठमाडौं ।

कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’ लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ।

बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ।

यो सेवाको सुरुवातसँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको दाबी गरेको छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार