ह्वावेद्वारा “लाइटिङ अप द फ्यूचर” प्रदर्शनीको आयोजना

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
ह्वावेद्वारा “लाइटिङ अप द फ्यूचर” प्रदर्शनीको आयोजना

काठमाडौं ।

जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने आईसीटी सोलुसनहरू साझेदारी गर्ने लक्ष्यका साथ ह्वावेलेआईसीटी फाउन्डेसन नेपाल र ह्वावे द्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कनक्लेभमा आफ्नो “लाइटिङ अप द फ्यूचर” (Lightning up the future) प्रदर्शनी आयोजना गरेको थियो ।

२ दिने प्रदर्शनीमा सरकार, दूरसञ्चार र समग्र आईसीटी क्षेत्रका ६०० भन्दा बढी अतिथिहरुले अवलोकन गरेका थिए।

आईसीटी प्रविधिको विश्वव्यापी अडप्सन र “Gigaverse”MBB नेटवर्कहरू, नेटवर्क फर क्लाउड, ग्रीन आईसीटी, ५जी र यसको प्रयोगका केसहरू, ह्वावेको पब्लिक र हाइब्रिड क्लाउड सोलुसन र ह्वावेको डेटा सेन्टर सोलुसन प्रस्तुतीकरणहरूसित यो आउँदो दशक कस्तो देखिन्छ भन्ने कुरा प्रदर्शनीमा ह्वावेको “इन्टेलिजेन्ट वर्ल्ड २०३०”को भिजनले प्रस्तुत गरेको थियो ।

कनक्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस इन्डस्ट्री विशेषज्ञ प्याट्रिक लाओले दिगो वृद्धि हासिल गर्नको लागि डिजिटल रूपान्तरण र प्रयोगकर्ता-केन्द्रितताको आवश्यकता बारे कुरा गरे। उनले ह्वावेको “इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर” कसरी डिजिटल रूपान्तरणको लागि सक्षमकर्ता हुन्छ भनेर प्रदर्शन गरे। ह्वावेको “इन्टेलिजेन्ट-टुइन आर्किटेक्चर” क्लाउड प्लस एआई सोलुसन हो जसले इनोभेटिभ एप्लिकेसनहरूलाई समर्थन गर्न क्लाउड, नेटवर्क, एज र उपकरण मार्फत बनेको सही पूर्वाधारमा जोड दिन्छ ।

ह्वावे डिजिटल नेपाल कनक्लेभ उद्घाटन समारोहमा बोल्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आर्थिक विकासमा आईसीटीको भूमिकालाई उजागर गरेका थिए। उनले भने, “डिजिटल अर्थतन्त्रले महामारीपछिको रिकभरीलाई इन्धन दिनेछ । २०२० मा विश्वको जीडीपी २.८% ले घट्यो तर आईसीटी लगानी ५% ले बढ्यो । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५०% डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ।

डाटा स्टोरेजको लोकलाइजेसन प्रवृत्तिका बारेमा बोल्दै उनले भने, “नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डेटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण मात्र होइन, एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न आवश्यक छ।”

उनले नेपालको डिजिटल रूपान्तरणको सम्भावनालाई साकार पार्न विश्वव्यापी र गुणस्तरीय ब्रोडब्यान्ड कभरेजको आवश्यकतालाई पनि औंल्याए।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...