
काठमाडौं ।
एप्पलको एआर/भीआर हेडसेट सन् २०२३ को जनवरीमा सार्वजनिक हुने भएको छ। एप्पलको नयाँ हेडसेटमा अग्मेन्टेड र भर्चुअल रियालीटी अनुभवको मिक्स्ड रियालिटी पाउन सकिन्छ।
एप्पलका विश्लेषक मिङ ची कुओले एप्पल एआर/भीआर हेडसेट आगामी वर्षको जनवरीमा सर्वाजनिक हुने जानकारी दिएको द भर्जले उल्लेख गरेको छ।
यो एप्पलले डिजाइन गरेको सबैभन्दा जटिल डिजाइन भएको कुओले बताएका छन्। यसले हेडसेटको बढ्दो मागलाई सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरेका छन्।
कुओले एप्पल हेडसेट सार्वजनिक हुने मिति बारेमा पहिलो पटक भविष्यवाणी गरेका भने होइनन्।
गत वर्ष उनले एप्पल एआर/भीआर हेडसेट सन् २०२२ मा आउने बताएका थिए। एप्पलको हेडसेट २०२२ मा आउने सम्भावनालाई नकार्दै उनले फेरि अर्को भविष्यवाणी गरेका हुन्।
मिडिया रिपोर्टका अनुसार हेडसेटमा मूभमेन्ट ट्रयाक गर्नका लागि १४ क्यामरा दिइने छ। साथै यसमा एम१ चिपसेट जतिकै शक्तिशाली प्रोसेसर हुनेछ।
प्रकाशित: १० असार २०७९, शुक्रबार