
काठमाडौं ।
नेपाल टेलिकमले प्रादेशिक निर्देशनालाय काठमाडौंमा बाट लिज लाइनमार्फत् ब्रोडब्याण्ड इन्टरनेट/इन्ट्रानेट सेवा लिने ग्राहकलाई महसुल बुझाउन आग्रह गरेको छ।
टेलिकमले उक्त सेवा प्रयोग गरेवापतको २०७९ जेठ र सोभन्दा पुरानो महसुल यही २०७९ असार १५ गतेभित्र भुक्तानी गर्न सबैलाई आग्रह गरेको हो।
टेलिकमले सूचना जारी गरेर महसुल बुझाउन आग्रह गर्दै तोकिएको समयमा महसुल नबुझाउने ग्राहकहरुको सेवा अस्थायी रुपमा बन्द गरिने चेतावनी पनि दिएको छ।
यसबाहेक धरौटी नभएको वा कम भएको ग्राहकका हकमा उनीहरुले जनिकको दूरसञ्चार कार्यालमा सम्पर्क गरेर २०७९ श्रावण मसान्तसम्ममा दुई महिनाको महसुल बराबरको रकम धरौटीबापत बुझाउन पनि अनुरोध गरेको छ।
यस्तै टेलिकमले विगतमा महसुल भुक्तानी नगरेका कारण सेवा बन्द भएका ग्राहकले पनि २०७९ असार १५ गतेभित्र बाँकी बक्यौता भुक्तानीनगषरेमा धरौटीबाट असुलहुन नसकेको बाँकी बक्यौता असुलीका लागि आवश्यक प्रक्रिया शुरु गरिने चेतावनी दिएको छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार