ओप्पो ए१६के को नयाँ भेरियन्ट बजारमा उपलब्ध

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
ओप्पो ए१६के को नयाँ भेरियन्ट बजारमा उपलब्ध

काठमाडौं ।

ओप्पो ए१६के ३ जिबी र्याम + ३२ जिबी रोम र ४ जिबी र्याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब बजारमा उपलब्ध छ। ३ जिबी भेरियन्टको मूल्य मात्र रु. १५,९९०/– र ४ जिबी भेरियन्टको मूल्य १७,९९०/– कायम गरिएको छ।

ओप्पोले थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिश र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए१६के को १६.६६ से.मी. ६.५२ एच् डी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित र १६००x७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिईएको छ। यो ४२३० एमएएच् लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ।

यो फोनको रियर क्यामरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाईट फिल्टर सुविधा थप गरिएको छ। यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो। यसमा ५एक्स डिजिटलजुमको साथ १३ एमपी फ्रन्ट क्यामरा छ। यसले प्रयोगकर्ताहरुलाई उत्पादनशील र मनोरञ्जन गर्न आवश्यक परेको बेला थप क्षमता गर्दछ।

थप रुपमा, ए१६के मा भिडियो प्यारामिटरहरु, भिडियो फिल्टर शैलीहरु क्ययियउ सम्पादन सुविधाहरु पनि पाईन्छ, यसमा सफ्ट, आफ्टरनुन्, लाईट फिल्म, रिच, प्योर, प्लेन, नोस्टाल्जिक, वेस्टर्न, ट्वाइलाइट र मोनोक्रोम जस्ता १० फिल्टरहरु समावेश छन्। क्ययियउ सम्पादनमा संगीत, सम्पादन, उपशीर्षक र फिल्टरहरु पहिचान गर्न सकिन्छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...