चीनको सीएटीएलले २०२३ मा नेक्स्ट जेनेरेशन ईभी ब्याट्री उत्पादन गर्ने

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
चीनको सीएटीएलले २०२३ मा नेक्स्ट जेनेरेशन ईभी ब्याट्री उत्पादन गर्ने

काठमाडौं ।

चीनको ब्याट्री जायन्ट सीएटीएलले आफ्नो आधुनिक जेनेरेशनको ब्याट्रीको बृहत् उत्पादन अर्को वर्षबाट गर्ने भएको छ।

यी ब्याट्रीहरुले विद्युतीय सवारीलाई एक पटकको चार्जमा अझ लामो दूरी यात्रा गर्न सघाउ पुर्याउने कम्पनीले जनाएको छ।

विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले प्रतिस्पर्धी बीवाईडीला२ पछि पार्दै शीर्ष स्थान पुन: हत्याउन लागिपरिरहेको छ। कम्पनीले छिट्टै टेस्लाका लागि ब्याट्री आपूर्ति शुरु गर्ने बुझिएको छ।

सीएटीएलको किलिन नामको नयाँ ब्याट्री उपयोगिता दर ७२ प्रतिशतले बढाउने रोयटर्सले जनाएको छ। यो दर विश्वकै उच्च भएको र यसको २०१९ मा उत्पादित पहिलो जेनेरेशनले ५० प्रतिशतमात्र उपयोगिता बढाएको समाचारमा उल्लेख छ।

कम्पनीले कुन ईभी निर्माताले उक्त ब्याट्री अर्डर गरेको छ भन्नेबारे खुलाएको छैन।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...