आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
आइएमई पे को ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुत्तानी गर्दा दिनभरीमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नेछ। उक्त अफर यही असार १० शुक्रबारका दिन १ दिनको लागि मात्र मान्य हुनेछ।

अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्दैन्।

आइएमई पे नेपालकै अग्रणी फिनटेक मध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार