सफ्ट्वेरिका कलेजका विद्यार्थी बेलायतको कोभेन्ट्री विश्वविद्यालय अवलोकन भ्रमणमा

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
सफ्ट्वेरिका कलेजका विद्यार्थी बेलायतको कोभेन्ट्री विश्वविद्यालय अवलोकन भ्रमणमा

काठमाडौं ।

बेलायत स्थित कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका दस जना विद्यार्थी अवलोकन भ्रमणका लागि बेलायत पुगेका छन्।

विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए।

विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए।

१० दिनका लागि लगिएको उक्त भ्रमणमा आवतजावतको टिकट, बसोबास लगायतका सम्पुर्ण खर्च कलेज नै गरेको बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए।

‘आगामी दिनमा पनि हरेक वर्ष यस्ता भ्रमणको आयोजना गरिने छ,’ थापा थप्छन् ‘भ्रमणमा सहभागी विद्यार्थीहरूले इन्टरन्यासनल एडुकेसनका साथै इन्टरन्यासनल एक्स्पोजर पनि पाउनेछन्।’

विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए।

जुन १९ बेलायत निस्केको टोलि जुन २९ मा नेपाल फर्कने छन्। यस भ्रमणमा कलेजका २६ र २७ ब्याच सहभागी भएको र ब्याच २८, २९ र ३० का विद्यार्थी पनि भ्रमणमा जाने तयारीमा रहेका छन्। भ्रमणमा कलेजका तर्फबाट डाइरेक्टरहरु अमृत थापा र मनोज कुमार श्रेष्ठ, कलेज प्रमुख प्रमोद पौडेल र एकेडेमीक अपरेसन हेड अच्युत तिम्सिना सहभागी रहेको जनाएको छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार