चीनद्वारा याओगान-३५ रिमोट सेन्सिङ स्याटेलाइटको नयाँ ब्याच प्रक्षेपण

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
चीनद्वारा याओगान-३५ रिमोट सेन्सिङ स्याटेलाइटको नयाँ ब्याच प्रक्षेपण

काठमाडौं ।

चीनले बिहीबार दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट तीनओटा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

स्याटेलाइट याओगान-३५ परिवारको दोस्रो ब्याचको रूपमा लङ्ग मार्च-२डी क्यारियर रकेटद्वारा प्रक्षेपण गरियो र योजनाबद्धरुपमा कक्षमा सफलतापूर्वक प्रवेश गर्यो।

स्याटेलाइटहरू मुख्यतया विज्ञान प्रयोगहरू, भूमि श्रोत सर्वेक्षण, कृषि उत्पादनहरूको उपज अनुमान र विपद् रोकथाम तथा न्यूनीकरण गर्न प्रयोग गरिने सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

यो प्रक्षेपणले लङ मार्च श्रृंखला क्यारियर रकेटहरूको लागि ४२४ औं मिशनलाई पुरा गरेको छ।

चीनले नोभेम्बर ६ मा तीनओटा योआगान-३५ स्याटेलाइटहरूको ब्याच प्रक्षेपण गरेको थियो।

चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) द्वारा विकसित लङ मार्च क्यारियर रकेट सिरिज चीनमा भएका सबै प्रक्षेपण मिशनहरूको करिब ९६.४ प्रतिशतका लागि जिम्मेवार छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...