मोबाइलमा पानी नछिर्ने झूटो दावी गरेपछि सामसङ अस्ट्रेलियामाथि ९७ लाख डलर जरिबाना

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
मोबाइलमा पानी नछिर्ने झूटो दावी गरेपछि सामसङ अस्ट्रेलियामाथि ९७ लाख डलर जरिबाना

काठमाडौं ।

अस्ट्रेलायको प्रतिस्पर्धाविरोधी नियामकले सामसङ अस्ट्रेलियामाथि ९७ लाख डलर जरिबाना तोकेको छ।

उक्त संस्थाले सामसङले आफ्ना केही स्मार्टफोनहरुमा वाटर रेजिस्टेन्स अर्थात् पानी नछिर्ने फिचर रहेको झूटो दावी गरेको आरोपमा उक्त जरिबाना गरेको हो।

सामसङ अस्ट्रेलियाले आफ्ना केही ग्यालेक्सी फोनका ग्राहकलाई पानी नछिर्ने फिचरमा झुक्याएको स्वीकार गरेको अस्ट्रेलियन कम्पिटिशन एन्ड कन्जुमर कमिशन एसीसीसीले बताएको छ। उक्त नियामकले सामसङमाथि पहिलो पटक सन् २०१९ मा मुद्दा हालेको थियो।

सामसङले सन् २०१६ मार्चदेखि २०१८ अक्टोबरबिचमा आफ्ना स्टोर र सामाजिक सञ्जालमा ती फोनहरुमा पोखरी वा समुद्रमा डुबाउँदा पनि पानी नछिर्ने विज्ञापन गरेको एसीसीसीले आरोप लगाएको छ।

तर एसीसीसीले भने सयौं ग्राहकले ती फोन पानीमा परेपछि पूर्ण वा आंशिक रुपमा काम गर्न छोडेको गुनासो गरेका जनाएको छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार