क्यानाडामा स्ट्रिमिङ प्लेटफर्मलाई स्थानीय सामग्री राख्न बाध्य पार्ने विद्येयक पारित

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
क्यानाडामा स्ट्रिमिङ प्लेटफर्मलाई स्थानीय सामग्री राख्न बाध्य पार्ने विद्येयक पारित

काठमाडौं ।

क्यानाडाको संसदको तल्लो सदनले मंगलबार अनलाइन स्ट्रिमिङ प्लेटफर्महरूलाई नियमन गर्ने कानून पारित गरेको छ।

सो कानूनले अनलाइन स्ट्रिमिङ प्लेटफर्महरूलाई देशको प्रसारण नियामकको नेतृत्वमा ल्याउनेछ र नेटफ्लिक्स, युट्युब, र स्पोटीफाइ जस्ता फर्महरूलाई थप स्थानीय सामग्री प्रस्ताव गर्न बाध्य पार्छ।

प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल सरकारले ल्याएको यो विधेयकलाई विपक्षी न्यू डेमोक्र्याट र ब्लक क्युबेकोइसको समर्थनमा हाउस अफ कमन्सले ११७ मतको विरुद्ध २०८ मतले पारित गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

सरकारले अनलाइन स्ट्रिमिङ सेवाहरूले क्यानाडाली सङ्गीत र स्टोरीहरूलाई प्रवर्द्धन गर्ने र स्थानीय रोजगारीहरूलाई समर्थन गर्ने कुरा सुनिश्चित गर्ने बताएको छ।

गत फेब्रुअरीमा बिल पेश गर्ने हेरिटेज मन्त्री पाब्लो रोड्रिग्वेजले परिवर्तनहरू अनलाइन स्ट्रिम गरिएका व्यावसायिक कार्यक्रमहरूको लागि भएको र व्यक्तिगत क्यानाडालीहरूमा लागू नहुने बताएका छन्।

अब यसलाई माथिल्लो सदनले पास गरेपछि कानूनको रुप लिने बताईएको छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार