जापानी अटोमोटिभ होज निर्माता निचिरिन र्यान्समवेयर आक्रमणद्वारा प्रभावित

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
जापानी अटोमोटिभ होज निर्माता निचिरिन र्यान्समवेयर आक्रमणद्वारा प्रभावित

काठमाडौं ।

जापानी अटोमोटिभ होज निर्माता निचिरिन कम्पनीको अमेरिकी सहायक कम्पनीमा र्यान्समवेयर आक्रमण भएको बुधबार बताएको छ। कम्पनीको आफ्नो कम्प्युटराइज्ड उत्पादन नियन्त्रणहरू बन्द गर्न बाध्य पार्नेगरी र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको रोयटर्सले रिपोर्ट गरेको छ।

जापानी कार निर्माताहरूलाई नली अर्थात होजहरू आपूर्ति गर्ने अमेरिकी इकाईले ग्राहकहरूलाई पार्टस प्रवाह गर्न म्यानुअल उत्पादन र ढुवानीमा स्विच गरेको एक मिडिया विज्ञप्तिमा बताएको छ।

“यसले हाम्रा ग्राहकहरूमा कस्तो प्रभाव पार्न सक्छ भनेर हामी अनुसन्धान गरिरहेका छौं, र हामी कुनै पनि आवश्यक जानकारी तुरुन्तै खुलासा गर्नेछौं,” कम्पनीले भन्यो।

निचिरिनले आफ्नो वेबसाइटमा सम्भावित स्पूफ इमेलहरूको बारेमा चेतावनी पनि पोस्ट गरेको छ जुन कम्पनीबाट आएको देखिन्छ र सो इमेल प्राप्तकर्ताहरूलाई कुनै पनि संलग्न फाइलहरू नखोल्न भनेको छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार