
काठमाडौं ।
माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले ७ वर्षपछि आफ्नो डेभलपर कन्फ्रेन्स ब्युँताउने भएको छ।
चर्प नामको उक्त कन्फ्रेन्स आगामी नोभेम्बर १६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुनेछ।
चर्प सन् २०१० मा भएको ट्विटरको सबैभन्दा पहिलो डेभलपर कन्फ्रेन्सको नाम हो। त्यसपछि केही वर्ष स्थगित भएर सन् २०१५ मा ट्विटर फ्लाइट नामको कन्फ्रेन्स गरेको थियो।
त्यस बेलादेखि ट्विटरले आफ्ना डेभलपरहरुसँगको सम्बन्धमा उतारचढाव आएका कारण सन् २०१८ गरिएको एपीआई परिवर्तनको श्रृङ्खला निकै अलोकप्रिय रह्यो।
तेस्रो पक्षका ट्विटर क्लाइन्ट निर्माताहरु यसबाट नराम्ररी प्रभावित भए भने उनीहरुले कम्पनीलाई आफ्ना एप नस्ट गरेको आरोपसमेत लगाए।
हालै ट्विटरले ती डेभलपरहरुसँग फेरि एकपटक सम्बन्ध सुधार गर्ने प्रयास गरेको छ। कम्पनीले आफ्नो एपीआईको नयाँ भर्सन सन् २०२० मा सार्वजनिक गरेर अनुसन्धानकर्ताहरुलाई प्लेटफर्मका बारेमा अध्ययन गर्न सहज बनाउने नयाँ टूलहरु पनि थप गरेको छ।
चर्पको मुख्य एजेण्डा के हो भन्ने यकिन छैन तर कम्पनीले आफ्नो ब्लग पोस्टमा किनोट, टेक्निकर सेसन तथा ट्विटर डेभलपर प्लेटफर्म टोलीले डेभलपरहरुको ग्लोबल कम्युनिटीसँग जोडिएर उनीहरुको प्रश्नका उत्तर दिने कार्यक्रम रहेको उल्लेख गरेको इन्ग्याजेटले जनाएको छ।
प्रकाशित: ९ असार २०७९, बिहीबार