गर्मीमा यसरी गर्नुहोस् आफ्नो ल्यापटपको सुरक्षा

Technology Khabar ९ असार २०७९, बिहीबार

काठमाडौं ।

अहिले हामी गर्मी यामको मध्यमा छौं। गर्मीका कारण मानिसहरु असिन पसिन हुने मात्र नभई विद्युतीय उपकरणहरु छिट्टै तात्ने समस्या देख्न पर्न थालिसकेको छ।

कार्यालय तथा निजी कामका लागि ल्यापटप, कम्प्युटरको प्रयोग बढ्दो छ।
गमी याममा लामो समयसँग ल्यापटप प्रयोग गर्दा तात्ने समस्या बढने र खराब हुनसक्ने संभावना उच्च रहन्छ ।

यस्तोमा आज तपाईँहरुलाई यहाँ गर्मीमा आफ्नो ल्यापटपमा काम गर्दा ओभर हिटिङ्गबाट कसरी सुरक्षित राख्नसकिन्छ भनेर सल्लाह दिनेछौं ।

यदि तपाईँको ल्यापटप निकै पुरानो भएको छ भने त्यसलाई सकेसम्म प्रयोग नगर्नुस् । यदि त्यसमा नै काम गर्नुपर्ने छ भने लामो समयसम्म त्यसमा कामगर्नबाट बच्नुहोस् । नत्र यसले ल्यापटप तात्ने र खराब हुने संभावना धेरै हुन्छ ।

कयौं पटक यस्तो हुन्छ की हामी आफ्नो ल्यापटपलाई लगातार प्रयोग गर्दछौं तर त्यसको ब्याट्रीको बारेमा ध्यान दिँदैनौं । यस्तोमा यदि तपाईँको ल्यापटपको ब्याट्री पुरानो भएको छ भने त्यसलाई तत्काल परिवर्तन गरेर नयाँ राख्नुहोस् । नत्र तपाईँको ल्यापटप बिच बिचमा तातिरहने हुन्छ ।

ल्यापटप तात्नबाट जोगाउनका लागि पुरानो ल्यापटपमा कूलिङ्ग किटको प्रयोग गर्नुहोस् । यस्तो गरेमा तपाईँको ल्यापटप तात्दैन र खराब हुनबाट बचाउन सकिन्छ। कुलिङ्ग किट बजारमा सजिलै किन्न पाईन्छ ।

ल्यापटपलाई सँधै कुनै कडा स्थानमा मात्र राखेर प्रयोग गर्नुस् । उदाहरणको लागि यदि तपाईँ बेडमा बसेर काम गर्नुहुन्छ भने ल्यापटपलाई कुनै किताबमाथि राख्नुहोस् । यस्तो गर्नाले ल्यापटपबाट निस्कने हावा लगातार पास हुन्छ र ल्यापटप तात्नबाट बच्दछ ।

अधिकांश समयमा हामीहरु ल्यापटपलाई पुरै सफागर्नको लागी भिजेको कपडा प्रयोग गर्ने गर्दछौं जबकि यस्तो गर्नु हुँदैन् । चिसो र भिजेको कपडाले ल्यापटप सफा गर्दा यसको सीपीयू फ्यानले काम नगर्ने हुन्छ । यस्तोमा ल्यापटपमा ओभर हिटिङको समस्या आउँछ ।

यदि तपाईँले ल्यापटपमा धेरै एप्सहरु चलाईरहनुभएको छ वा धेरै वेब ब्राउजरमा ट्याबहरु प्रयोग गर्नुभएको छ भने त्यसलाई बन्द गर्नुहोस् । त्यसले अधिक उर्जा खपत गर्दछ र ल्यापटप तात्ने समस्या हुन्छ । लामो समयसम्म ल्यापटपमा काम गर्ने विचारमा हुनुहुन्छ भने त्यसलाई समय समयमा काम बन्द गर्नुहोस र ल्यापटपलाई आराम दिनुहोस् ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया