आइएमई पेबाट हवाई टिकट किन्दा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त रु. ३०० छुट

  • Technology Khabar | ८ असार २०७९, बुधबार
आइएमई पेबाट हवाई टिकट किन्दा सर्वाधिक क्यासब्याकसँगै अतिरिक्त रु. ३०० छुट

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबर्द्धित “आइएमई पे” ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ।

“उच्च तापक्रममा उच्चतम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ।

साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधिभरी हप्ताको २ दिन ( मंगलवार र शनिवार) केवल १ घण्टाको लागि सो अफरमार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्ट्याएको छ।

असार ७ गते देखि शुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • ८ असार २०७९, बुधबार