यसरी गर्नुहोस् इन्स्टाग्राममा यूजरनेम/ह्याण्डल परिवर्तन

  • Technology Khabar | ८ असार २०७९, बुधबार
यसरी गर्नुहोस् इन्स्टाग्राममा यूजरनेम/ह्याण्डल परिवर्तन

काठमाडौं ।

इन्स्टाग्राममा जति पटक र जुनसुकै बेला यूजरनेम र ह्याण्डल परिवर्तन गर्न सकिन्छ।

धेरैजसो सामाजिक सञ्जालले यूजरनेम वा ह्याण्डल परिवर्तन गर्नलाई थुप्रै शर्त तथा सीमाहरु राखेका हुन्छन्। तर इन्स्टाग्राममा भने अरु सामाजिक सञ्जालको तुलनामा निकै सहज तरिकाले परिवर्तन गर्न सकिन्छ।

इन्स्टाग्राममा यूजरनेम र डिस्प्ले नेम फरक फरक हुन्छ। प्रोफाइलमा डिस्प्ले नेम अवतारको ठिक मुनी हुन्छ जसमा इमोजी लगायतलाई पनि समावेश गर्न सकिन्छ। यसैगरी यसलाई १४ दिनको बिचमा २ पटकसम्म परिवर्तन गर्न सकिन्छ।

अर्कोतर्फ यूजरनेम प्रोफाइलको माथि र प्रोफाइल यूआरएलको अन्त्यमा रहेको हुन्छ। यो मानिसको नामभन्दा फरक हुनुपर्छ भने ३० अक्षरभन्दा बढी हुनुहुँदैन। यसमा अक्षर, अंक, अल्पविराम तथा अन्डरस्कोर मात्र प्रयोग गर्न सकिन्छ।

नयाँ यूजरनेम राख्नुपरेमा उक्त यूजरनेम अरु कसैले नलिई खाली रहेको अवस्थामा १४ दिनभित्र २ पटकसम्म परिवर्तन गर्न सकिने द भर्जले उल्लेख गरेको छ।

यूजरनेम कसरी परिवर्तन गर्ने?

  • शुरुमा आईओएस वा एन्ड्रोइड एपमा इन्स्टाग्राम एकाउन्ट लग इन गर्नुहोस्।
  • त्यसपछि प्रोफाइलमा जानका लागि एपको तलपट्टि दायाँ कुनामा रहेको अवतारमा ट्याप गर्नुहोस्।
  • बायोमा रहेको एडिट प्रोफाइल ट्याप गर्नुहोस्
  • यूजरनेम फिल्डमा ट्याप गरेर आफ्नो नयाँ ह्याण्डल टाइप गर्नुहोस्
  • माथिल्लो दायाँपट्टि कुनामा रहेको नीलो चेकमार्कमा ट्याप गर्नुहोस्।

कम्प्युटरमा यसरी परिवर्तन गर्नुहोस्

  • कुनै पनि ब्राउजरमा इन्स्टाग्राम डटकम ओपन गर्नुहोस्
  • पहिले नै लग इन भएको खण्डमा पेजले तपाईँलाई एकाउन्टमा जान निर्देशन दिन्छ। लग इन नभएको खण्डमा यूजरनेम र पासवर्ड राख्नुपर्छ।
  • त्यसपछि होमपेजको दायाँपट्टि रहेको आइकनमा क्लिक गरेर त्यहाँ रहेको आफ्नो प्रोफाइल सेलेक्ट गर्नुहोस्
  • यूजरनेमसँगै रहेको एडिट प्रोफाइल क्लिक गर्नुहोस्

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...