राष्ट्रिय आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघले दियो बाह्र लाख रुपैयाँ

  • Technology Khabar | ८ असार २०७९, बुधबार
राष्ट्रिय आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघले दियो बाह्र लाख रुपैयाँ

काठमाडौं ।

गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ सहयोग प्रदान गरेको छ।

बुधबार सचिवालयमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसाको चेक हस्तान्तण गरे।

संघका कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए। त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए।

डा. पुनले संघले केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको श्रृजना हुने बताए।

उनले आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा पनि खोलिनु पर्नेमा जोड दिए। त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविष्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लेटफर्म दिनसक्ने बताए।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराएका थिए।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार