
काठमाडौं ।
यो आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ३ अर्ब ९५ करोड ८२ लाख ७३ हजार रुपैयाँ बराबरका राउटर आयात भएका छन्।
यो आँकडा अघिल्लो महिना अर्थात् २०७८ वैशाख मसान्तसम्म ३ अर्ब ८८ करोड ३६ लाख ३५ हजार रुपैयाँ बराबर थियो। यसरी हेर्दा १ महिनाको अवधिमा ७ करोड ४६ लाख ३८ हजार रुपैयाँ बराबरका राउटर थपिएका देखिन्छ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ जेठ मसान्तसम्मको आँकडा अनुसार नेपालमा ११ लाख ६७ हजार २५४ ओटा राउटर भित्रिएका छन्। यी राउटरहरु छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका २० देशबाट आयात गरिएको प्रतिवेदनमा उल्लेख छ।
सबैभन्दा बढी चीनबाट
यीमध्ये सबैभन्दा बढी चीनबाट ३ अर्ब ८१ करोड १० लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ३५ हजार ४९३ ओटा राउटर आयात पाइएको छ।
यसपछि अमेरिकाबाट ८ करोड २९ लाख ७३ हजार बराबरको १७ हजार ३२३ थान, ताइवानबाट २ करोड ३९ लाख ४६ हजार रुपैयाँ बराबरको ४ हजार ९९७, लिथुआनियाबाट ३५ लाख ५८ हजार बराबरको २ हजार २५० ओटा, अस्ट्रेलियाबाट १ करोड ३२ लाख ७० हजार बराबरको ३,६०२ थान, र बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १ हजार ७०० ओटा राउटर आयात भएको तथ्याङ्क छ।
यसैगरी भारतबाट २२ लाख ९६ हजार बराबरको ७७८ थान, भियतनामबाट २१ लाख २७ हजार बराबरको ३९० थान, लात्भिया बाट १ करोड ३ लाख ९१ हजार बराबरको ५६९ थान राउटर भित्रिएको देखिन्छ।
यस्तै यूएईबाट १ लाख ५३ हजार बराबरको ३२ थान र मलेसियाबाट ५ लाख ५८ हजार बराबरको ८ थान राउटर ल्याइएका छन्।
यसबाहेक जर्मनी, हङकङ, जापान, कोरिया, लाओस, कतार, मेक्सिको, थाइल्याण्ड तथा बेलायतबाट १८ हजार देखि ४ हजार रुपैयाँसम्मका ४ देखि १ थानसम्म परिमाणका राउटर आयात भएको तथ्याङ्क छ।
प्रकाशित: ८ असार २०७९, बुधबार