लाइसेन्सको आवेदन प्रत्येक दिन बिहान ७ बजेदेखि खुल्ने

  • Technology Khabar | ८ असार २०७९, बुधबार
लाइसेन्सको आवेदन प्रत्येक दिन बिहान ७ बजेदेखि खुल्ने

काठमाडौं ।

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ) लाइसेन्सको अनलाइन आवेदन प्रत्येक दिन बिहान ७ बजे खोल्ने भएको छ।

विभागले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ‘प्रत्येक दिन बिहान ७ बजे १६ औं दिनको लागि आवेदन खुल्ला हुने भएकोले समय व्यवस्थापन सोही बमोजिम गर्नुहुन समेत अनुरोध छ।’

यस्तै, अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक फरक मोबाईल नम्बर प्रयोग गरी एकभन्दा बढि प्रोफाईल बनाई आवेदन फारम भर्ने गरेको पाइएको विभागको सूचनामा उल्लेख छ।

एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एक पटक एउटा मात्र अनलाइन प्रोफाइल बनाउन सकिने गरी व्यवस्थापन गरिएको हुँदा अनलाइन प्रोफाईल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा आफूले आवेदन गरेको÷ गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाउनका लागि सूचना प्रकाशित गरेको विभागको भनाइ छ।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार