चीनमा एकै महिनामा थपिए ३ करोडभन्दा बढी फाइभजी ग्राहक

  • Technology Khabar | ८ असार २०७९, बुधबार
चीनमा एकै महिनामा थपिए ३ करोडभन्दा बढी फाइभजी ग्राहक

काठमाडौं ।

चीनका टेलिकम कम्पनीहरुमा मे महिनामा ३ करोडभन्दा बढी फाइभजी ग्राहकहरु थपिएका छन्।

चाइना मोबाइलले मे महिनामा २ लाख २ हजार ग्राहकहरू थप्यो। यसका साथमा कुल ९६ करोड ६५ लाख ९० हजार मोबाइल ग्राहकहरूका साथमा स्थानीय बजारमा सबैभन्दा ठूलो मोबाइल अपरेटर बनेको छ।

त्यसैगरी अर्को टेलिकम कम्पनी चाइना टेलिकमले मे महिनामा ८ लाख ३० हजार प्रयोगकर्ताहरू थप्यो र यसका साथमा कम्पनीले महिनाको अन्त्यमा कुल ३८ करोड ११ लाख ५० हजार प्रयोगकर्ताहरू बनाउन सफल भयो।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार