साइबर हमलाबाट कसरी जोगाउने मोबाइल डिभाइस? अपनाउनुस् यी तरिका

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
साइबर हमलाबाट कसरी जोगाउने मोबाइल डिभाइस? अपनाउनुस् यी तरिका

काठमाडौं ।

हिजोआजको समयमा सबै महत्वपूर्ण जानकारी फोन, कम्प्युटर तथा ल्यापटपमा राख्ने गरिन्छ।

यी सबै डाटा प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउनका लागि आवश्यक हुन्छन्।

तर सानो गल्ती भयो भने अनलाइनमा रहेका सबै डाटा व्यक्तिका लागि खतरा बन्न पनि सक्छ।

यस्तोमा आफ्ना मोबाइल डिभाइसमा रहेका महत्वपूर्ण डाटा कसरी सुरक्षित राख्ने? आउनुहोस् जानौं

मोबाइल डिभाइसमा डाटा सुरक्षाका लागि १५ अक्षर भएको आईएमईआई नम्बर दर्ता वा प्रविष्ट गर्नुपर्छ। मोबाइल फोन चोरी वा हराएको खण्डमा यो नम्बर प्रहरीमा उजुरीका लागि निकै उपयोगी हुन्छ।

यसबाहेक मोबाइल डिभाइस आफैं लक हुनेगरी अटोलक फिचरको प्रयोग गर्नु लाभदायक हुन्छ। यस्तै पासकोड वा सेक्युरिटी प्याटर्नमार्फत् किप्याड लक गर्ने तरिका पनि अपनाउन सकिन्छ।

सिमकार्ड लक गर्नका लागि पिनको प्रयोग गर्नाले डिभाइस चोरी भएको खण्डमा सिम दुरुपयोग हुनबाट जोगिन्छ। मेमोरी कार्डमा भएका विवरणहरु सुरक्षित राख्नका लागि पासवर्ड प्रयोग गर्नु पनि अर्को राम्रो तरिका हो।

आफ्नो मोबाइल डिभाइसलाई कहिले पनि यत्तिकै छोड्नुहुँदैन। प्रयोग नहुँदाको अवस्थामा पनि क्यामरा, अडियो/भिडियो प्लेयर लगायतका एप्लिकेशन तथा ब्लूटूथ, इन्फ्रारेड, वाई-फाई जस्ता कनेक्शन बन्द गर्नु बुद्धिमानी हुन्छ। यसबाहेक डाटालाई बेला बेलामा ब्याक अप लिनु पनि आवश्यक हुन्छ।

सबै कुकिलाई एक्सेप्ट नगर्ने

सबै खालका वेबसाइटका कुकिहरुलाई स्वीकार गर्नु हुँदैन। कुकिको सहयोगले व्यक्तिको सबै महत्वपूर्ण जानकारी ती वेबसाइटमा जान सक्छन्।

पछि ती विवरण कसैले दुरुपयोग पनि गर्न सक्छन्। यसबाट बच्नका लागि भरपर्दा वेबसाइटका मात्र कुकि  स्वीकार गर्नुपर्छ। सकिन्छ भने कुकि स्वीकार नगर्नु राम्रो हुन्छ।

फोटो वा मेसेजको एक्सेस नदिने

कुनै कुनै वेबसाइटले हाम्रा फोटो तथा मेसेजको एक्सेस माग्ने गर्छन्। यस्तो अवस्थामा हामीले मन्जुरी दिने वा नदिने निर्णय गर्न सक्छौं।

जति धेरै एक्सेस दिइन्छ त्यति नै हाम्रा डाटामा खतरा बढ्दै जान्छ। यसलाई उजुरी गर्ने कुनै आधिकारिक विधि वा स्थान हुँदैन। त्यसैले एक्सेस दिने बेला नै होश पुर्याउनु बुद्धिमानी हुन्छ।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार