अब फक्सवागन टिगुआन इलेक्ट्रिक अवतारमा

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
अब फक्सवागन टिगुआन इलेक्ट्रिक अवतारमा

काठमाडौं ।

फक्सवागनको चर्चित एसयूभी टिगुआन इलेक्ट्रिक अवतारमा आउने भएको छ।

टिगुआन इलेक्ट्रिक मोडल टेस्टका क्रममा देखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

इलेक्ट्रिक टिगुआन छुट्टै प्लेटफर्ममा तयार गरिनेछ। वर्तमानको टिगुआन एमक्यूबी प्लेटफर्ममा निर्माण हुँदै आएको छ। नयाँ मोडल इलेक्ट्रिक सवारी उत्पादन गर्नका लागि तयार गरिएको एमईबी प्लेटफर्ममा निर्माण गरिनेछ। कारमा सिंगल वा डुअल मोटरको उपयोग गरिनेछ।

इलेक्ट्रिक टिगुआन शुरुवाती चरणमै रहेको छ। यसमा कम्पनीले धेरै काम गर्न बाँकी छ। मिडिया रिपोर्टका अनुसार टिगुआन इभी सन् २०२५ मा बिक्रीका लागि उपलब्ध हुनेछ।

कम्पनीले सन् २०१५ देखि जैविक इन्धनबाट सञ्चालन हुने टिगुआन बिक्री गर्दै आइरहेको छ। ग्लोबल वार्मिङ न्यूनीकरण गर्न विश्वमै इलेक्ट्रिक सवारी प्रति आकर्षण बढ्दो छ।

यस्तोमा इयूले सन् २०३५ देखि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने कार बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। अन्य राष्ट्रहरुले पनि इलेक्ट्रिक सवारीलाई प्रोत्साहन गरिरहेका छन्।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार