काठमाडौं ।
फिटबिटले चार्ज ५ डिभाइसमा आएको बारम्बार डिस्कनेक्ट हुने समस्या समाधान गर्ने भएको छ।
९टू५गुगलका अनुसार फिटबिटले होस्ट फोन र एक्टिभिटी ट्र्याकरबिच बारम्बार भइरहने डिस्कनेक्टको समस्या समाधान गर्ने भएको हो।
यो समस्यामा ब्लूटूथ कनेक्शनमा समस्या आएर उक्त डिभाइसलाई फिटनेस डाटा एन्ड्रोइड वा आईफोनमा पठाउन रोक्छ।
यस्तो समस्या सबैभन्दा पहिले गत जनवरीमा देखिएको र उक्त डिभाइसलाई रिबूट गर्दा सामान्य समाधान हुने गरेको इन्ग्याजेटले उल्लेख गरेको छ।
यसबाट कति प्रयोगकर्ता समस्यामा छन् र यसको समाधान कहिले आउँछ भन्ने यकिन नभएको बताइएको छ। यो समस्याले चार्ज ५ को बजार उपस्थितिलाई भने केही फरका पारेको छैन। उक्त डिभाइस अमेजफिट तथा गार्मिनलाई राम्रो टक्कर दिन सफल भएको छ।
प्रकाशित: ७ असार २०७९, मंगलवार