हुम्लामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
हुम्लामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। सिमकोट गाउँपालिका ७ को ओख्रेनमा टावर निर्माण गरी सेवा सुचारू गरेको छ।

फोरजी सेवाबाट मोवाईल सेवा सुचारु हुँदा स्थानीय सेवाग्राहीलाई सहज भएको छ। फोरजी टावर सञ्चानलमा आउँदा सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाका स्थानीय सेवाग्राही सञ्चारको पहुँजमा जोडिएको स्थानीयबासी मन्दिर सिंहले बताए।

विगत लामो समयदेखि सिमकोट गाउँपालिका भित्रका डाँडाफया, धारापोरी, स्यांडा, खोल्सी र नाम्खा गाउँपालिकाका हेप्का, गाडापारी, खगांलगाउँ, धिगा, केमी, च्यादुुक गाउँ लगायतका क्षेत्रका स्थानीय सेवाग्राही सञ्चारको पहुँजबाट बञ्चित हुँदै आएका थिए। गोरखापत्रबाट

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार