
काठमाडौं ।
विश्वव्यापी सेमिकण्डक्टर अर्थात अर्धचालक ढुवानी मूल्य २०२२ मा वार्षिक दरमा १०.४ प्रतिशतले बढ्ने भएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ।
सेमिकण्डक्टर शिपमेन्ट २०२२ मा बढेर ६१३.५ अर्ब डलर माथि हुने ताइवानको सरकारी-समर्थित अनुसन्धान संस्थान एमआईसी (मार्केट इन्टेलिजेन्स एण्ड कन्सल्टिङ्ग इन्स्टिच्यूट) को एक रिपोर्टमा उल्लेख छ।
प्रतिवेदनका लेखकहरूले ताइवानको अर्धचालक उद्योगको ढुवानी मूल्य ४.३६ ताइवानी ट्रिलियन डलर (लगभग १४९.८ अमेरिकी डलर) पुग्ने र वार्षिक औसत १७.५ प्रतिशतले वृद्धि हुने भविष्यवाणी गरेका छन्।
प्रकाशित: ७ असार २०७९, मंगलवार