
काठमाडौं ।
सामसङले आफ्नो ग्यालेक्सी जेड फोल्ड४ र जेड फ्लिप४ १५ मिलियन यूनिट ढुवानी गर्ने लक्ष्य लिएको छ। लक्ष्य प्राप्ति गर्नका लागि सामसङ आफ्नो पुर्जामा मात्रै निभर हुने छैन। कम्पनीले यस वर्षको फोल्डेबल स्मार्टफोनमा चीनमा निर्मित पुर्जाको संख्या बढाउने छ।
रिपोर्टका अनुसार दुवै स्मार्टफोन ग्यालेक्सी वाच५ सँगै अगष्ट १०मा सार्वजनिक गरिनेछ। र, बिक्रीका लागि भने अगष्ट २६ उपलब्ध गराइनेछ।
दक्षिण कोरियाको ईटी न्यूजका अनुसार ग्यालेक्सी जेड फोल्ड४ र जेड फ्लिप४ १५ मिलियन यूनिट ढुवानी गर्ने सामसङले योजना बनाएको छ। यो संख्या दक्षिण कोरियाली कम्पनीको थर्ड जेनेरसको स्मार्टफोनको तुलनामा दुई गुणा बढी हो।
फोन बिक्रीमा रेकर्ड
एक रिपोर्टका अनुसार सासमङ ग्यालेक्सी जेड फोल्ड३ र ग्यालेक्सी जेड फ्लिप३ को बिक्री एक महिनामै २०२० मा बिक्री भएको फोल्डेबल फोनको संख्या भन्दा धेरै भइसकेको छ। २०२१ मा फोल्डेबल फोन ७.१ मिलियन यूनिट बिक्री भएको छ। यसमा जेड फोल्ड३ र ग्यालेक्सी जेड फ्लिप३ दुवैको बिक्री संख्या रहेको छ।
यस्तो हुुनेछ फोन
ग्यालेक्सी जेड फोल्ड४ गोल्ड, ग्रे, लाइट ब्ल्यू र लाइट भोइलेन्ट कलरमा उपलब्ध हुनेछ। भने, र ग्यालेक्सी जेड फ्लिप४ बेज, ब्ल्याक र ग्रे कलरमा उपलब्ध हुनेछ। फोनमा टीएसएमसी ४एनएम क्वालकमे स्न्यापड्रागन ८ जेन १ प्लस चिपसेट हुनेछ।
प्रकाशित: ७ असार २०७९, मंगलवार