हर्मिट स्पाइवेयरबाट मानिसहरुको निगरानी गरिँदै, पेगासस जस्तै खतरनाक

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
हर्मिट स्पाइवेयरबाट मानिसहरुको निगरानी गरिँदै, पेगासस जस्तै खतरनाक

काठमाडौं ।

केही समय अघि पेगासस स्पाइवेयरले विश्वभर तहलका मच्चाएको थियो। नेपाललगायत विश्वका चर्चित व्यक्ति, राजनीतिज्ञ, सेलिब्रेटीहरुको जासूसी गर्न यस सफ्टवेयरको प्रयोग गरिएको थियो।

अहिले फेरी मानिसहरुको जासूसी गर्न पेगासस जस्तै नयाँ सफ्टवेयर आएको छ। जसलाई पेगासस जस्तै खतरनाक मानिएको दैनिक भास्करले उल्लेख गरेको छ।

यसको नाम हर्मिट स्पाइवेयर रहेको छ। यस विषयको जानकारी साइबर सेक्युरिटी कम्पनी लुकआउट थ्रेट ल्याबले दिएको हो।

कम्पनीका अनुसार अब विश्वभरका सरकारहरुले पेगाससको विकल्पमा अर्को नयाँ एन्ड्रोइड भर्सन स्पाइवेयर हर्मिटको प्रयोग गरिरहेका छन्। लुकआउटको रिपोर्ट अनुसार यस स्पाइवेयरको प्रयोग धेरै देशमा मानिसहरुको जासूसी गर्न प्रयोग भइरहेको छ।

यसको सूचीमा सरकारी अधिकारी, व्यापारी, मानव अधिकार अभियान्ता, पत्रकार, उच्च ओहदाका राजनीतिक व्यक्तित्व, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति रहेका छन्।

कजाकिस्तानमा भेटियो स्पाइवेयर

लुकआउटको रिसर्चरले हर्मिट स्पाइवेयरको प्रयोग काजकिस्तानमा भएको भेटाएको छ। काजकिस्तानको सरकारले त्यहाँका मानिसको जासूसी गर्न यसको प्रयोग गरेको हो। ४ महिना अघि काजकिस्तानमा सरकारको नीति विरुद्ध प्रदर्शन भएको थियो। जसलाई सरकारले बलपूर्वक दमन गरेको थियो। यो घटना पछि हर्मिट देखिएको हो।

यस स्पाइवेयर सिरिया र इटालीका प्रयोगकर्ताको फोनमा पनि देखिएको छ।

इटालीमा बनेको स्पाइवेयर

यस स्पाइवेयर पत्ता लगाउने रिसर्चरले लेखेको ब्लगमा हर्मिट स्पाइवेयर इटाली स्पाइवेयर भेन्डर आरसीएस ल्याब र टाइक ल्याब एसआरएलले तयार गरेको हो। टेलिकम्युनिकसन सलुशनको काम गर्दै आइरहेको कम्पनीले स्पाइवेयर बनाएको हो। रिसर्चरका अनुसार इटाली सरकारले सन् २०१९ मा यसको प्रयोग एन्टी करप्सन क्याम्पेनमा गरेको थियो।

आरसीएस ल्याब पछिल्लो ३० वर्षदेखि सक्रिय छ। यो पेगासको डेभलपर एनएसओ ग्रुप र फिनफिशरको डेभलर गामा ग्रुपको बजारमा कारोबार गर्छ। रिपार्टका अनुसार ल्याबको सम्बन्ध पाकिस्तान, चिली, मंगोलिया, बंगलादेश, भियतनाम, म्यान्मार र तुर्कमेनिस्तानको आर्मी र इन्टिलेन्स एजेन्सीसँग रहेको छ।

हर्मिट स्पाईवेयर कसरी गर्छ काम

लुकआउट कम्पनीको रिपोर्ट अनुसार यो एउटा मोड्यूलर स्पाइवेयर हो। यसलाई प्रयोगमा ल्याउनका लागि डिभाइसमा डाउन लोड गर्नु पर्ने हुन्छ।

रिपोर्टका अनुसार एसएमएसबाट टारगेट मोबाइलमा यस सफ्टवेयर इन्टल गर्ने गरिएको छ। यो एउटा फिसिङ हमला जस्तै हो।

डाउनलोड हुने बित्तिकै हर्मिट स्पाइवेयरले आफ्नो काम शुरु गर्छ। जस्तै अडियो रेकर्ड, फोन गर्नेलगायत काम गर्न सक्षम छ। यसले कल लग, डिभाइसको लोकेशन, एसएमएस डाटा कलेक्सन गर्न सक्छ।

रिपोर्ट अनुसार कम्पनीले यस सफ्टवेयरलाई आईओएस भर्जनमा पत्ता लगाएको हो। तर यसको स्याम्पल भने भेटिएको छैन।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार