वानप्लसका सह-संस्थापक कार्ल पेइ आईफोनको फिचरबाट मोहित

  • Technology Khabar | ६ असार २०७९, सोमबार
वानप्लसका सह-संस्थापक कार्ल पेइ आईफोनको फिचरबाट मोहित

काठमाडौं ।

बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन्। ती स्मार्टफोनको आ-आफ्नै विशेषता र पहिचान छ। विश्वमा एप्पल, शाओमी, सामसङ, वानप्लस, भिभोलगायत ठूला ब्राण्डका रुपमा परिचित छन्।

ब्राण्डका संस्थापकदेखि कर्मचारीले आफै ब्राण्डको उत्पादन प्रयोग गर्ने गर्छन्।

वानप्लसका सह-संस्थापक कार्ल पेइले भर्खरै उनलाई एप्पल आईफोनको एउटा फिचरले निकै मोहित पारेको छ। यस्तोमा वानप्लसका फाउन्डर आईफोन प्रयोग गर्छन् भन्ने प्रश्न खडा भएको छ।

वानप्लसका सह-संस्थपाक कार्ल पेइले भर्खरै ट्विटरबाट आफूलाई मन पर्ने एप्पल आईफोनको फिचरको बारेमा जानकारी दिएका छन्। एन्ड्रोइड पुलिसले केही समय पहिला ट्विटर प्रयोगकर्तालाई उनीहरुको फेवरेट म्यासेजिङ एप कुन हो भनेर प्रश्न गरेका थिए। विकल्पमा टेलीग्राम, ह्वाट्सएप, वीच्याट र भाइबरलगायत एपको नाम दिइएको थियो। यसमा एप्पलको म्यासेजिङ सर्भिस आईम्यासेजको नाम थिएन।

एन्ड्रोइड पुलिसको यस ट्विटमा प्रक्रिया दिँदै कार्ल पेइले भनेका छन्, ‘म्यासेजिङको कुरा गर्दा म आईम्यासेज छनोट गर्छु र यो प्रयोग गर्न मलाई मन पर्छ। मेरो विचारमा आईम्यासेजले प्रयोगकर्तालाई कमालको अनुभुव प्रदान गर्छ र यो प्रयोग गर्न पनि रमाइलो छ।’

के हो आईम्यासेज
आईम्यासेज एप्पलको स्ट्यान्डर्ड म्यासेजिङ एप हो। यसले पनि अन्य म्यासेजिङ एप जस्तै काम गर्छ।

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...