शाओमी १३ सिरिज नोभेम्बरमा सार्वजनिक हुने

  • Technology Khabar | ६ असार २०७९, सोमबार
शाओमी १३ सिरिज नोभेम्बरमा सार्वजनिक हुने

काठमाडौं ।

शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १३ सिरिजमा काम गरिरहेको छ।

नयाँ शाओमी १३ सिरिजमा स्न्यापड्रागन जेन २ फ्ल्यागशिप चिपसेट हुनेछ। गत वर्षको डिसेम्बरमा कम्पनीले फ्ल्यागशिप फोन शाओमी १२ सिरिज सार्वजनिक गरेको थियो।

गिच्मोचाइनका अनुसार शाओमीले आफ्नो पूर्ववर्ती भन्दा पहिला शाओमी १३ सिरिज घोषणा गर्नेछ।

गत वर्ष कम्पनीले शाओमी १२, शाओमी १२ एक्स र शाओमी १२ प्रो ल्याएको थियो। यो पटक कम्पनीले कम्तीमा शाओमी १३ सिरिजमा २ वटा फोन ल्याउने योजना बनाएको छ। यो वर्षको अन्त्यसम्म शाओमी १३ र शाओमी १३ प्रो बजारमा आउनेछ।

शाओमी १३ सिरिजमा एन्ड्रोइड १३ अपरेटिङ सिस्टम देख्न पाइनेछ। शाओमी सिरिजको दुवै मोडल कर्भ एज ओएलईडी डिस्प्ले सहित सेन्ट्रड पन्चहोल र पातलो बेजल हुनेछ। दुवै फोनमा लिका इन्जिनियरिङ गरिएको ट्रिपल रियर क्यामरा हुनेछ।

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...