गेमिङ फोन ‘टेक्नो पोभा३’ आज सार्वजनिक हुँदै

  • Technology Khabar | ६ असार २०७९, सोमबार
गेमिङ फोन ‘टेक्नो पोभा३’ आज सार्वजनिक हुँदै

काठमाडौं ।

टेक्नोको नयाँ स्मार्टफोन ‘टेक्नो पोभा३’ आज (सोमबार) भारतमा सार्वजनिक हुने भएको छ। यो एक गेमिङ स्मार्टफोन हो।

फोनमा ७००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ उपलब्ध हुने जागरणले उल्लेख गरेको छ।

फोनमा ट्रिपल रियल क्यामरा सेटअपका साथ ५० मेगापिक्सलको मुख्य क्यामरा हुनेछ। फोन इलेक्ट्रिक ब्ल्यूगरी ३ कलरमा उपलब्ध हुनेछ।

टेक्नो पोभा३ स्मार्टफोन २ स्टोरेज भेरियन्टमा लन्च गरिनेछ। यी दुवै फोनको मूल्य १० देखि १५ हजार भारुको बीचमा हुने जागरणले उल्लेख गरेको छ।

स्पेसिफिकेसन

टेक्नो पोभा ३ मा ६.९५ इन्च आईपीएस एलसीड प्यानल रहेको छ। जसले फुल एचडीप्लस रिसोलुसन १०८० वाइ २४०० पिक्सल र ९०एचजेड रिफ्रेस रेट प्रदान गर्छ। फोनमा ५० मेगापिक्सलको मूख्य क्यामरा र ८ मेगा पिक्सलको सेल्फी क्यामरा छ। मूख्य क्यामरोको लेन्समा २ मेगापिक्सलको लेन्स छ।

टेक्नो पोभा ३ स्मार्टफोन मिडियाटेक हेलियो जी८८ प्रोसेसरका साथ प्रस्तुत गरिएको छ। फोनमा ७००० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर छ।

यो फोन एन्ड्रोइड १२ ओएसमा आधारित आईओएसबाट सञ्चालित हुन्छ।

टेक्नो पोभाको साइडतर्फ फिंगरप्रिन्ट स्क्यानर रहेको छ। फोनमा ग्रेफाइट कूलिङ सिस्टम, डीटीएस स्टिरियो स्पिकर, जेड-एक्सिस लिनियर मोटर र माइक्रोएसडी कार्ड स्लट दिइएको छ।

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...