
काठमाडौं ।
रेडमीले हालै आफ्नो स्मार्टफोन रेडमी के५०, रेडमी के५० स्नो ह्वाइटको नयाँ संस्करण लन्च गरेको छ। यो फोन लन्च भएको केही घण्टामै बिक्री भयो।
केही समयअघि रेडमीले आफ्नो स्मार्टफोन रेडमी के५० लन्च गरेको थियो। यसलाई कालो, सिल्भर, निलो र हरियो गरी चार रंगमा चिनियाँ बजारमा लन्च गरिएको थियो । गत हप्ता रेडमीले घोषणा गर्दै सो स्मार्टफोनको नयाँ संस्करण, रेडमी के५० स्नो ह्वाइट एडिसन, जुन १८ मा मध्यरात १२ बजे लन्च गर्न गइरहेको जानकारी दिएका थिए।
रेडमी के५० स्नो ह्वाइट एडिसन जुन १८ मा राति १२ बजे शाओमी चाइनाको अनलाइन स्टोरमा प्रस्तुत गरिएको थियो र यसको जानकारी प्रयोगकर्ताहरूलाई ‘अराइभल नोटिस’ सन्देश मार्फत दिइएको थियो। रेडमी के५० स्नो ह्वाइट एडिसन चीनीयाँ बजारमा २३९९ युआनमा उपलब्ध गराइएको थियो।
लन्चिङ्गको केहि घण्टा भित्रै ‘सोल्ड आउट’
अचम्मको कुरा, यसको लन्च भएको केही घण्टामै, रेडमी के५० स्नो ह्वाइट एडिसन ‘सोल्ड आउट’। माइड्राइभर्सको रिपोर्ट अनुसार रेडमी के५०को यो नयाँ कलर भेरियन्टलाई मानिसहरूले यति धेरै मन पराएका थिए कि यो फोन बिक्रीको लागि उपलब्ध भएको केही घण्टामै बिक्री भइसकेको थियो।
फ्यानहरूले यसलाई फेरि किन्ने मौका पाउने वा नपाउने बारे कुनै जानकारी प्राप्त भएको छैन।
रेडमीको यो फोन नेपाली बजारमा आउँछ वा आउँदैन भन्ने बारेमा समेत कुनै जानकारी छैन्।
प्रकाशित: ६ असार २०७९, सोमबार