सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई ठगी गर्ने १३ जना पक्राउ

  • Technology Khabar | ५ असार २०७९, आईतवार
सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई ठगी गर्ने १३ जना पक्राउ

काठमाडौं ।

सूचना प्रविधिको दुरुपयोग गरी अमेरिकी र क्यानडेली नागरिकहरुलाई ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरुले ‘क्लाइन्ट एक्सेस लिई क्लाइन्टहरुको डाइरेक्टरी फाइल लगायतमा पहुँच पुर्याई योर आईपी एड्रेस इज ह्याक्ड एन्ड योर नेटवर्क इज कम्प्रोमाइज्ड’ भन्ने भ्रामक सन्देश पठाएर पीडितहरुको बैंक डिटेल र व्यक्तिगत विवरण हत्याएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४, धुम्बाराहीमा रहेको अर्बिट नेक्सस प्रालिका मुख्य सञ्चालक विजय श्रेष्ठ, निसान खैरे र मनिष तिवारी नामका दुई भारतीय नागरिकका साथै कार्यालयमा काम गर्ने ५-५ जना महिला र पुरुष गरी १३ जना रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

गत असार ३ गते पक्राउ परेका सबै १३ जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेकाले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार