
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका कार्यालय परिसर र विभिन्न सार्वजनिक स्थानमा निःशुल्क वाईफाई जडान गरिने भएको छ।
महानगरबाट प्रवाह हुने सेवामा सर्वसाधरणको पहुँच वृद्धि गर्न कार्यालय परिसर तथा विभिन्न सार्वजनिक स्थानमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने निर्णय भएको हो।
महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर सभा तथा ११ औं अधिवेशन मार्फत् आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निःशुल्क वाईफाई व्यवस्था गर्ने बताएका हुन्।
प्रकाशित: ५ असार २०७९, आईतवार