डाटा उल्लङ्घन गरेको आरोपमा अमेजनका पूर्व इन्जिनियरमाथि मुद्दा दायर

  • Technology Khabar | ५ असार २०७९, आईतवार

काठमाडौं ।

अमेजनका एक पूर्व इन्जिनीयरमाथि डाटा उल्लङ्घनको आरोपमा मुद्दा दायर गरिएको छ।

सियटलको एक अदालतले पेइज थम्सन नामक ती पूर्व इन्जिनीयरमाथि सन् २०१९ मा क्यापिटल वनको डाटा चोरेको, इन्टरनेटको माध्यमबाट ठगी तथा पाँच पटक सुरक्षित कम्प्युटरमा पहुँचको प्रयास गरेको आरोप लगाएको रोयटर्सले उल्लेख गरेको छ।

न्याय विभागका अनुसार थम्सनले कन्फिगर नगरिएका एकाउन्टका लागि अमेजन वेब सर्भिसेज स्क्यान गर्न आफूले बनाएको एउटा टूल प्रयोग गरेकी थिइन्।

त्यसपछि उनले ती एकाउन्टमार्फत् क्यापिटल वनको सर्भरमा पहुँच बनाई करोडौं जनाको डाटा डाउनलोड गरेको आरोप छ।

अदालतका न्यायाधीशरुले थम्सनले गरेको गतिविधिले कम्प्युटर फ्रड एन्ड एब्युज एक्टको उल्लङ्घन गरेको ठहर गरेका छन् भने थम्सनका वकिलहरुले भने उनले इथिकल ह्याकरहरुले प्रयोग गर्ने टूल नै प्रयोग गरेको दावी गरिरहेका छन्।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया