स्टार्टअप अल्सिमले ईभी ब्याट्री लागत घटाउनका लागि लिथियम र कोबाल्ट हटाउने

  • Technology Khabar | ५ असार २०७९, आईतवार
स्टार्टअप अल्सिमले ईभी ब्याट्री लागत घटाउनका लागि लिथियम र कोबाल्ट हटाउने

काठमाडौं ।

सात वर्ष पुरानो म्यासाचुसेट्स स्टार्टअप,अल्सिम इनर्जी (Alsym Energy) ले विद्युतीय सवारी साधनको ब्याट्रीको लागतलाई नयाँ डिजाइनका साथ आधा घटाउने लक्ष्य राखेको छ जसले लिथियम र कोबाल्टलाई हटाउने छ। हाल धेरै इभी ब्याट्रीहरूमा बढ्दो महँगो सामग्री लिथियम र कोबाल्ट प्रयोग हुने गरेको छ।

रोयटर्सको समाचारअनुसार कम्पनीको लक्ष्य मध्ये एक विश्वको जनसंख्याको एक ठूलो भागको लागि इभीहरुलाई अझ सस्तो बनाउन मद्दत गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन।

“अल्सिमले नयाँ ब्याट्री संयुक्त रूपमा विकास गर्न भारतको शीर्ष अटोमेकरहरूसँग साझेदारी गरेको छ,” कम्पनीका प्रमुख कार्यकारी र सह-संस्थापक मुकेश चाट्टरले एक अन्तर्वार्तामा भने। च्याटरले अटोमेकरको नाम दिन अस्वीकार गरे।

भारतका दुई ठूला सवारी उत्पादकहरू टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा हुन्, जसले दुवैले विद्युतीय सवारी साधनहरू निर्माण गर्छन्।

अल्सिमको ब्याट्री सुरक्षित, अधिक दिगो र रिसाइकल गर्न सजिलो हुने सम्भाव्यता छ किनभने यो सजिलै उपलब्ध हुने गैर-विषाक्त, गैर-ज्वलनशील सामग्रीबाट बनाइएको चाट्टरले बताए।

केमिस्ट्री, बायोलोजी र फाइनान्समा डिग्री लिएकी आफ्नी श्रीमती तथा लामो समयदेखि व्यवसायिक साझेदार प्रिति चाट्टरले कम्पनीको ठूलो लक्ष्य लिएर आएको बताए।

अल्सिमको ब्याट्री, जुन स्थिर ऊर्जा भण्डारण र समुद्री एप्लिकेसनहरूको लागि पनि प्रयोग गर्न सकिन्छ र म्यान्गानीज तथा एल्युमिनियम जस्ता अपेक्षाकृत सामान्य सामग्रीहरू प्रयोग गर्ने उनले भने।

कम्पनीले उत्पादन साझेदारका साथ २०२५ को लक्ष्य उत्पादन मितिको साथ आफ्नो ब्याट्री सेलहरू निर्माण गर्ने आशा गरेको छ।

प्रकाशित: ५ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...