
काठमाडौं ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाउन्ट लिंक गरि कारोबार गर्दा रु. ५५ क्यासब्याक पाइनेछ।
आइतबार साँझ ५५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंकमार्फत कारोबार गर्दा रु. ५५ क्यासब्याक पाइनेछ। इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको हो।
यस योजनामा सहभागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्ने जानकारी दिएको छ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आईओएस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको जनाएको छ।
प्रकाशित: ४ असार २०७९, शनिबार