Technology Khabar ४ असार २०७९, शनिबार
काठमाडौं ।
सामसङले बिहीबार नयाँ वालेट सार्वजनिक गरेको छ, जसको नाम सामसङ वालेट राखिएको छ। आजकल नेपालसहित विश्वका सबै देशमा डिजिटल पेमेन्टको क्रेज बढ्दै गएको छ। यसैकारण, कम्पनीहरूले निरन्तर आफ्ना डिजिटल वालेटहरू लन्च गर्दैछन् र धेरै पुराना ठूला टेक कम्पनीहरूले पनि आफ्ना प्रयोगकर्ताहरूलाई सजिलै अनलाइन भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि आफ्ना वालेटहरू लन्च गरिरहेका छन्।
सामसङ वालेटलाई सामसङ नक्सको डिफेन्स ग्रेड सेक्युरिटी सिस्टमले सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ। यसका साथै सामसङ ब्लकचेन वालेटसँग जोडिएर क्रिप्टोकरेन्सी र स्मार्ट थिङ्सको निगरानी गर्न पनि सक्षम बनाइएको कम्पनीले जनाएको छ।
सामसङ वालेटको विशेषताहरु
एम्क्स बिजनेसका ईभीपी र सामसङ इलेक्ट्रोनिक्समा डिजिटल लाइफका प्रमुख जेनी हानले एक विज्ञप्तिमा सामसंग वालेटले प्रयोगकर्ताहरूलाई मोबाइल उपकरणबाट सुरक्षित भुक्तानी गर्ने विकल्प दिने बताएका छन्। उनकाअनुसार यसमा, तिनीहरूले चिन्ता नगरी आफ्नो कार्डको विवरण सुरक्षित राख्न सक्छन्।
उनले सामसङ वालेट प्रयोगकर्ताका लागि परिष्कृत इन्टरफेस भएको बताए, जसमार्फत प्रयोगकर्ताले एक स्वाइपबाट मात्रै भुक्तानी गर्न सक्ने, सदस्यता कार्डलगायत अन्य धेरै फाइदाहरू लिन सक्नेछन्। प्रयोगकर्ताहरूले पूर्ण रूपमा सामसंग वालेटमा भर परेर डिजिटल भुक्तानीको सुविधा लिन सक्छन्।
कहाँ र कसरी प्रयोग गर्ने
सामसंग वालेटको यो सेवा हाल नेपाल लगायतका देशहरुमा उपलब्ध गराइएको छैन। सामसङले ६ देशमा मात्रै यो सेवा सुरु गरेको छ। यी ६ देशमा फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेलायत र अमेरिका पर्छन् । यी ६ देशमा बस्ने प्रयोगकर्ताहरूले सामसंग वालेट सेवा प्रयोग गर्न आफ्नो ग्यालेक्सी डिभाइसमा सामसङ पे वा सामसङ पास एप खोल्न सक्छन्।
त्यसपछि उनीहरूले त्यहाँ दिइएको निर्देशन पालना गर्नुपर्नेछ र त्यसपछि उनीहरूले सामसङ वालेट प्रयोग गर्न सक्नेछन्। यो सेवा अन्य देशहरुमा कहिले सुरु हुन्छ भन्ने बारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।
प्रकाशित: ४ असार २०७९, शनिबार