गुगलको रुसी सहायक कम्पनीद्वारा टाट पल्टिएको घोषणा

  • Technology Khabar | ४ असार २०७९, शनिबार
गुगलको रुसी सहायक कम्पनीद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं ।

गुगलको रुसी सहायक कम्पनीले टाट पल्टिएको घोषणा गरेको छ।

यसबारेमा इन्टरफ्याक्सले अदालतको दस्तावेज हेरेर शुक्रबार जानकारी बाहिर ल्याएको हो।

उक्त कम्पनीले गत मे मा अधिकारीहरुले बैंक एकाउन्ट जफत गरेपछि कर्मचारी र भेन्डरलाई तलब खुवाउन नसकिने भएकोले आफू टाट पल्टेको घोषणा गर्ने योजना बनाएको थियो।

‘रुसी अधिकारीहरुले गुगल रसियाको बैंक एकाउन्ट जफत गर्नाले हामीले रुसमा रहेको कार्यालय सञ्चालन गर्न नसक्ने भएका छौं, त्यसैले गुगल रसियाले टाट पल्टेको निवेदन दर्ता गराएको छ’, कम्पनीका एक प्रवक्ताले भने।

उनले रुसका जनता आफ्ना सेवामा भर पर्ने भएकाले सर्च, यूट्युब, जीमेल, म्याप्स, एन्ड्रोइड तथा प्लेजस्ता सेवा निशुल्क सञ्चालन गर्ने पनि बताएका छन्।

रुसले ट्विटर तथा मेटा प्लेटफर्म इंकका फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ।

प्रकाशित: ४ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...