रुपातालमा स्वचालित वर्षा मापन स्टेशन जडान, रियल टाइम डाटा अनलाइनमै हेर्न सकिने

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
रुपातालमा स्वचालित वर्षा मापन स्टेशन जडान, रियल टाइम डाटा अनलाइनमै हेर्न सकिने

काठमाडौं ।

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले कास्कीको पोखरास्थित रुपाताल वरपर कति पानी पर्यो भनेर रेकर्ड राख्न स्वचालित स्टेशन जडान गरेको छ।

सो मेसिनले उक्त क्षेत्रमा परेको पानी मापन गरी प्रत्येक दश/दश मिनेटमा देखाउँछ। यसरी कार्यालयको वेभसाइटमा राखिएको डाटा जो कोहीले इन्टरनेटमार्फत मोबाईल तथा कम्प्युटरबाट सजिलै हेर्न सकिनेछ।

परियोजनाले परेको पानीको रियलटाइम डाटा हेर्न मिल्ने प्रविधि जडान गरेको हो। डाटाले तालमा बर्सेनि कति पानी पर्दछ र जलाशयमा कस्तो असर गर्दछ भनेर अध्ययन गर्न यसबाट सहज हुने विश्वास छ।

कार्यालयले अहिले रुपातालमा ६ मिटर अग्लो बाँध बाँधेर तालको क्षेत्रफल बढाउने गरि निर्माणको काम कालिका-नयाँबाटो जेभीमार्फत गरिरहेको छ।

परियोजनाका आयोजना प्रमुख विदुरमान श्रेष्ठकाअनुसार रुपाताल अवलोकन गर्न आउने पर्यटकहरुलाई समेत उपयोगी हुने भएकाले उक्त जानकारी सर्वसाधारणले समेत हेर्न मिल्ने गरि आफ्नो वेबसाइटमा राखेको हो।

उक्त स्वचालित पानी नाप्ने मेसिनको जडान तथा आइटी सम्बन्धि कार्य  ललितपुर स्थित इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिले गरेको हो।

हाल तालको गहिराइ, पानीको मात्रा, त्यहाँ जम्मा भएको गेग्रान लगायतको अध्ययनको काम भइरहेको बताईएको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...