सोनी र होन्डाले ‘सोनी होन्डा मोबिलिटी इंक’ नाममा इभी व्यवसाय गर्ने

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार

काठमाडौं ।

सोनी र होन्डाले उनीहरूको संयुक्त विद्युतीय सवारी साझेदारीको लागि छुट्टै कम्पनी बनाउने योजना घोषणा गरेपछि, उनीहरूले अब यसलाई नाम दिएका छन्। यो नयाँ व्यवसायलाई सोनी होन्डा मोबिलिटी इंक भनिनेछ र २०२२ को अन्त्य अघि टोकियोमा स्थापना हुनेछ।

कम्पनीले सन् २०२५ मा ईभी बिक्री सुरु हुने गरी तय गरिएको सोनीले एक प्रेस विज्ञप्तिमा भन्यो।

प्रत्येक कम्पनीको बराबर ५० प्रतिशत शेयर छ भने होन्डाका कार्यकारी यासुहाइड मिजुनो चेयरम्यान र सीईओ नियुक्त भएका छन् । साथै सोनी ईभिपी इजुमी कावानिशी प्रेसिडेन्ट र सीओओ भएका छन्।

सोनीले पहिले नै विस्तृत रूपमा, साझेदारीले “होन्डाको अत्याधुनिक वातावरणीय र सुरक्षा प्रविधिहरू, गतिशीलता विकास क्षमताहरू, सवारी साधनको बडी निर्माण प्रविधि, र बिक्री पछिको सेवा व्यवस्थापन अनुभव” प्रयोग गर्ने बताएको छ। यसैबीच, सोनीले “इमेजिङ, सेन्सिङ, टेलिकम्युनिकेसन, नेटवर्क र मनोरन्जन प्रविधिहरू” योगदान गर्नेछ।

होण्डा इभी विकासमा प्रतिद्वन्द्वीहरू भन्दा धेरै पछाडि छ, यसको एक मात्र इलेक्ट्रिक कार ‘होन्डा ई’ हो – तर यसले ढिलो भएका योजनाहरूलाई गति दिएको छ। यस वर्षको सुरुमा यसले ग्लोबल आर्किटेक्चर र जीएमको अल्टियम ब्याट्री टेक्नोलोजी प्रयोग गरी किफायती ईभीहरूको शृङ्खलाको सह-विकास गर्न जीएमसँग साझेदारीको अनावरण गर्यो। उत्तरी अमेरिकामा सन् २०२४ सम्ममा होन्डा र अकुरा एसयूभी बिक्री गर्ने लक्ष्य राखिएको छ।

होन्डाले गत वर्ष २०४० सम्ममा आफ्नो सम्पूर्ण गाडीको लाइनअप ईभी र फ्युल सेल गाडीहरूमा सार्ने योजना पनि घोषणा गर्यो। त्यसको एक भागको रूपमा, यसले ४० अर्ब डलर लगानी गर्ने र २०३० सम्ममा ३० ओटा नयाँ ईभीहरू लन्च गर्ने योजना बनाएको छ।

सोनीले यसबीचमा एउटा मात्रै नभई आफ्नै डिजाइनका दुई विद्युतीय गाडीहरू, भिजन-एस ईभी र भिजन-एस ०२ इलेक्ट्रिक एसयूभी देखाएको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया