टेलिभिजनमा प्रयोग हुने एलसीडी प्यानल उत्पादन बन्द गर्दै सामसङ डिस्प्ले

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
टेलिभिजनमा प्रयोग हुने एलसीडी प्यानल उत्पादन बन्द गर्दै सामसङ डिस्प्ले

काठमाडौं ।

सामसङ डिस्प्ले एसडीसीले टेलिभिजनमा प्रयोग हुने एलसीडी प्यानलको उत्पादन बन्द गरेको छ।

कम्पनीले आफ्नो एल८-२ फ्याक्ट्रीबाट गर्दै आएको टेलिभिजन एलसीडी प्यानलको उत्पादन जुन महिनाको अन्त्यदेखि बन्द गर्ने घोषणा गरेको दक्षिण कोरियाली योन्हाप न्यूज एजेन्सी तथा माएली बिजनेस न्यूजपेपरले उल्लेख गरेका छन्।

एसडीसीले टेलिभिजनमा प्रयोग हुने उक्त प्यानलको उत्पादन सन् १९९२ देखि गर्दै आएको डिजिटाइम्सले जनाएको छ।

कम्पनीले यस्ता एलसीडी प्यानलको अन्तिम ब्याच उत्पादनका लागि ग्लास सबस्ट्रेटको प्रयोग गरेको र जुनपछि उक्त फ्याक्ट्री नै बन्द गरेर चीन वा ताइवानका एलसीडी प्यानल निर्माताका लागि उत्पादन गर्न छोड्ने बुझिएको छ।

कम्पनीले यसलाई सन् २०२० अन्त्यमै बन्द गर्न खोजेकोमा कोरोना महामारीका कारण विश्वमै टेलिभिजनको माग आकाशिन थालेपछि यसलाई हालसम्म निरन्तरता दिएको हो।

तर २०२१ को मध्यदेखि यस्ता प्यानलको मूल्य खस्किन थालेपछि एसडीसीले उत्पादन बन्द गर्ने निर्णय गरेको डिजिटाइम्सले लेखेको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार