स्पोटीफाईले २५ प्रतिशत कम कर्मचारी भर्ना गर्ने

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार

काठमाडौं ।

स्पोटीफाई टेक्नोलोजी एसएले कर्मचारी भर्ना गर्न २५ प्रतिशत कम गर्ने भएको छ।

कम्पनीसम्बद्ध स्रोतका अनुसार आर्थिक अनिश्चितता रहेकाले खर्च कटौति गर्न यस्तो निर्णय गरिएको हो।

कम्पनीका सीईओ डेनियल एकले बुधबार आफ्ना कर्मचारीलाई ईमेलमार्फत् आफूले कम्पनीका लागि कर्मचारी भर्ना गर्ने तर केही त्रैमाससम्म यसको गति कम गर्ने बताएका रोयटर्सले जनाएको छ।

विश्वभरमा आफ्ना ८ हजारभन्दा बढी कर्मचारी रहेको कम्पनीको दावी छ।

केही सञ्चारमाध्यममा यो समाचार आएपछि स्विडेनको स्टकहोममा रहेको उक्त कम्पनीको शेयर मूल्य निकै बढेर ७.१ प्रतिशतसम्म पुगेको थियो।

स्पोटीफाईका प्रमुख वित्त अधिकारी पल भोगलले यसै महिना सम्पन्न लगानीकर्ता सम्मेलनमा लगानी गर्ने समुदायलाई कम्पनीले विश्वको अर्थतन्त्र नियालिरहेको बताएका थिए।

यसले व्यापारमा के कस्तो असर पार्छ भन्ने यकिन नभइसके पनि उनले भने, ‘हामी अवस्थालाई नजिकबाट नियालिरहेका छौं र निकट भविष्यमा यसले हाम्रो व्यापार वृद्धिममा कस्तो असर पार्छ भन्ने विश्लेषण पनि गरिरहेका छौं।’

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया