यूरोपियन यूनियनले क्वालकममाथि लगाएको १ अर्ब डलरको जरिबाना रद्द

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
यूरोपियन यूनियनले क्वालकममाथि लगाएको १ अर्ब डलरको जरिबाना रद्द

काठमाडौं ।

अमेरिकी चिप निर्माता क्वालकमले बुधबार यूरोपियन यूनियनले लगाएको १.०५ अर्ब डलरको जरिबानाको मुद्दा जितेको छ।

ईयूको प्रतिस्पर्धाविरोधी नियामकले क्वालकममाथि ४ वर्षअघि उक्त रकमको दावी गर्दै क्वालकममाथि मुद्दा दायर गरेको थियो।

यूरोपेली कमिसनले सन् २०१८ मा क्वालकमले प्रतिस्पर्धी कम्पनी इन्टेललाई हराउन एप्पललाई २०११ देखि २०१६ सम्म आईफोन र आईप्याडमा आफ्ना चिपमात्र प्रयोग गर्न बाध्य पारेको आरोप लगाएको थियो।

क्वालकमको जरिबाना ईयूको नियामक संस्थाका प्रमुश भेस्टागरले गुगललगायतका प्रविधि कम्पनीमाथि लगाएका थुप्रै जरिबानामध्येको एउटा भएको रोयटर्सले उल्लेख गरेको छ। एप्पल, अमेजन र फेसबुकमाथि पनि छानबिन भइरहेको बुझिएको छ।

यूरोपको दोस्रो उच्च अदालत द जनरल कोर्टले ईयूको उक्त फैसला उल्टयाउँदै प्रतिस्पर्धाविरोधी नियामकले गरेको उक्त घटनाको छानबिन गलत भएको ठहर गरेको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार