काठमाडौं ।
अडियो कम्पनी यामाहाले भारतीय बजारमा दुई नयाँ इयरबड्स सार्वजनिक गरेको छ।
कम्पनीले टीडब्ल्यू-ई३बी र टीडब्ल्यू-ई५बी सार्वजनिक गरेर टीडब्ल्यूएस (ट्रु वायरलेस इयरबड्स विथ माइक) पोर्टफोलियो विस्तार गरेको इन्डियाटुडेले उल्लेख गरेको छ।
यामाहा मुख्य रुपमा अडियो उद्योगमा म्यूजिकल इन्स्ट्रुमेन्टका लागि प्रसिद्ध छ।
कम्पनी गत वर्ष नेकब्यान्ड र केही ट्रु वायरलेस इयरफोनसहित टीडब्ल्यूएस बजारमा प्रवेश गरेको थियो।
टीडब्ल्यू-ई३बी र टीडब्ल्यू-ई५बी यामाहाको ‘ट्रु साउन्ड’ फिलोसोफीमा आधारित छ। त्यसमा उपलब्ध विभिन्न सुविधा र प्रविधिहरु मार्फत प्रयोगकर्तालाई संगीतको नजिक ल्याउने कम्पनीले दावी गरेको छ।
यामाहाले टीडब्ल्यू-ई३बीको मूल्य ८ हजार ४९० भारु र टीडब्ल्यू-ई५बीको मूल्य १४ हजार ९०० भारु तोकेको छ। यी इयरबड्स ब्ल्याक र ब्ल्यू कलरमा उपलब्ध छ। यसलाई अमेजन र यू्ट्युबको आधिकारिक वेबसाइटबाट खरिद गर्न सकिन्छ।
यामाहा टीडब्ल्यू-ई५बी इयरबड्स ७एमएम डायनेमिक ड्राइभर्सका साथ २० हर्ज देखि २० किलोहर्ज फिक्वन्सी रेस्पोन्स गर्ने इन्डियाटुडेले उल्लेख गरेको छ।
यसमा आईपीएक्स५ डस्ट र वाटर रेसिस्टेन्ट दिएको छ। यसमा कनेक्सनका लागि ब्लूटूथ भर्सन ५.२ छ।
यो क्वालकमको सीभीसी (क्लियर भ्वाइस क्याप्चर), क्वालकमको एपीटीएक्स प्रविधिसहित उपलब्ध छ। टीडब्ल्यू-ई५बीमा डेडिकेटेड गेमिङ मोड छ। जसले अडियो र भिडियो बीचको लेटेन्सी कम गर्छ।
यामाहा टीडब्ल्यू-ई३बी साढे १ घण्टा र टीडब्ल्यू-ई५बी साढे २ घण्टामा चार्ज हुन्छ। जसबाट ३० घण्टासम्म लगातार प्लेब्याक टाइम प्राप्त हुन्छ।
इयरबड्स १० मिनेट चार्ज गर्दा १ घण्टासम्म प्रयोग गर्न सकिने यामाहाको दावी छ।
यसका साथै इयरबड्समा फोन कल, म्यूजिक प्लेब्याक र सिरी/गुगल असिस्टेन्ट एक्टिभेसनका लागि कन्ट्रोल पनि दिएको छ।
प्रकाशित: ३ असार २०७९, शुक्रबार