मिदासमा एमबिबिएसको प्रवेश परिक्षाको लागि अनलाइन कक्षा सुरु

  • Technology Khabar | २ असार २०७९, बिहीबार
मिदासमा एमबिबिएसको प्रवेश परिक्षाको लागि अनलाइन कक्षा सुरु

काठमाडौं ।

मिदास इ-क्लासमा एमबिबिएस प्रवेश परिक्षाको लागि अनलाइन कक्षा सुरु भएको छ। एमबिबिएसको प्रवेश परीक्षा तयारी गर्न चाहने विद्यार्थीले अब आफ्नै गाउँघरमा इन्टरनेटको प्रयोग गरी अनलाइन पढ्न पाउने भएका हुन्।

दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसनले विद्यार्थीलाई आफनै घरमा बसेर न्यून शुल्कमा एमबिबिएस प्रवेश परिक्षाको तयारी गर्न पाउने व्यवस्था गरेको हो।

मिदास इक्लासमा एमबिबिएसको साथै बिडिएस, बिएस्सी नर्सिङ्ग, बिपर्फयुसन टेक्नोलोजी, बिएएमएस, बि फार्मेसी जस्ता विषयको पनि अनलाइन कक्षा हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार