बागमती प्रदेशका यातायात कार्यालयले विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने

  • Technology Khabar | २ असार २०७९, बिहीबार
बागमती प्रदेशका यातायात कार्यालयले विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने

काठमाडौं ।

बागमती प्रदेशका यातायात कार्यालयले विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने भएका छन्।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले ल्याएको बजेटमा यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरु क्रमश विद्युतीय प्रणालीबाट प्रवाह गर्न सफ्टवेयर निर्माणका लागि बजेट व्यवस्था गरेको छ।

साथै बजेटमा सवारी भाडा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

यस्तै यातायात कार्यालयमा रहेका अभिलेखहरुलाई डिजिटाइजेशन गरी व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशले सवारी चालक अनुमतिपत्र प्रदान गर्ने व्यवस्थालाई थप सुदृढ गर्न र ट्रायल सेन्टहरुलाई क्रमश: स्वचालित प्रणालीमा लैजान बजेटको व्यवस्था गरेको छ।

विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन प्रदेशका मुख्य शहरहरुमा र राजमार्गहरुमा चार्जिङ स्टेशन लगायतका आवश्यक पूर्वाधारहरु निर्माण गर्न संघीय सरकार र नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने बजेटमा उल्लेख छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...