एप्पलले विश्वव्यापीरुपमा एमएलएस खेलहरू १० वर्षका लागि स्ट्रिम गर्ने सम्झौता

  • Technology Khabar | २ असार २०७९, बिहीबार
एप्पलले विश्वव्यापीरुपमा एमएलएस खेलहरू १० वर्षका लागि स्ट्रिम गर्ने सम्झौता

काठमाडौं ।

एप्पलले अमेरिकाको शीर्ष-स्तरीय मेजर लिग सकर (एमएलएस) को प्रशारण आफ्नो एपमार्फत गर्ने भएको छ।

एप्पलले अमेरिकाको शीर्ष-स्तरीय मेजर लिग सकर (एमएलएस) प्रतियोगिताबाट खेलहरू १० वर्षका लागि विश्वव्यापी रूपमा स्ट्रिम गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेको हो।

सन् २०२३ मा सुरु गर्दै, एप्पलले ले विश्वव्यापी रूपमा एप्पलले टिभी प्लस एपमा नयाँ सदस्यता सेवामा एक वर्षमा ९०० एमएलएस खेलहरू स्ट्रिम गर्नेछ। यसका साथै एमएलएस र मेक्सिकोको लिगा एमएक्स बीचको लिग कप प्रतियोगिताका प्रत्येक खेलहरू र एमएलएस नेक्स्ट प्रो र एमएलएस नेक्स्ट युथ लीगका तेस्रो-स्तरका एमएलएस नेक्स्टमा चयन गरिएका खेलहरू लाइभ स्ट्रिम गर्ने जनाएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार